हामी उत्कृष्ट विद्यार्थी जीवनको सपोर्ट गर्दछौ।

यस एकेडेमीमा, भर्ना भई आएका नयाँ विद्यार्थी जसले जापानी भाषा बोल्न सक्दैनन्, उनीहरूको लागि मातृभाषामा परामर्श दिने व्यवस्था मिलाइएको छ। जापानमा पढाईलाई अगाडी बढाउन・रोजगारीको परामर्श, दैनिक जीवनको विभिन्न समस्याहरूको परामर्श, विद्यालय आवत जावतमा सजिलो पर्ने छात्रावास, जापानी जीवनशैलीको मार्गदर्शन संगै, आरामपूर्वक जीवन बिताउन सपोर्ट गर्दछौं। अप्रत्याशित परिस्थितिको बेलामा बीमा, विभिन्न छात्रवृत्ति र अनुदान जस्ता सहयोग प्रणालीले सुरक्षित रुपमा पढाईलाई अगाडी बढाउने वातावरण तयार गरी, विद्यार्थीहरूको महत्वाकांक्षालाई अगाडी बढाउछौं।

अग्रिम पढाईको परामर्श

विश्वविद्यालयमा अग्रिम पढाईको बारेमा समस्या वा चिन्ता, केहि नबुझेकोछ भने परामर्श लिन सक्नुहुनेछ।

यस एकेडेमीले, जापानको प्रतिष्ठित विश्वविद्यालयमा पास गर्नको लागी नियमित रूपमा EJU र जापानी भाषा प्रवीणता परीक्षणमा विशेष प्रशिक्षण सञ्चालन गर्दै आएको छ। प्रत्येक विश्वविद्यालयको प्रवेश जानकारी प्रदान गर्ने संगै विद्यार्थीको क्षमता अनुसारको थप प्रशिक्षणको व्यवस्था मिलाइएको छ। आफ्नै शिक्षण सामग्रीको साथ परीक्षण अभ्यास गरी, विद्यार्थीहरूको कामजोर विषयलाई बलियो बनाई, कठिन विश्वविद्यालयहरूमा उत्तीर्ण गराउनेछौं। साथै विश्वविद्यालय जान को लागी जरूरत पर्ने गणित, भौतिक, अंग्रेजी, जस्ता सामान्य विषयहरूपनि पढन सक्नुहुनेछ।

रोजगार खोजी र अंशकालिक काम

ASAHI Culture Academyमा जापानी भाषा विद्यालयको विद्यार्थीहरूको र स्नातक गर्ने विद्यार्थीहरूको लागि होमपेजमा काम (अंशकालिक काम / रोजगारी) को सूचना प्रदान गर्दै आएकाछौं।
विद्यार्थीहरूले आफुलाई दिइएको सम्बन्धित आईडी र पासवर्ड मार्फत कुनैपनि समयमा इन्टरनेटमा
रोजगारको जानकारी हेर्न सक्दछन्।

विशेष गरी, ASAHI Culture Academyमा मनोवैज्ञानिक सल्लाहकार रहन्छ। जापानमा रोजगार खोजी गर्ने तरिका थाहा नभएको विद्यार्थीहरूको लागि कम्पनी परिचय, CV को लेख्ने तरिका, साक्षात्कार अभ्यास
जस्ता सपोर्ट गर्दछौ। व्यापार रोजगारी कक्षाका विद्यार्थीहरूको रोजगारीको सपोर्टको लागि कामका लागि भर्ती पछि कार्य भिसा आदि जस्ता विभिन्न कार्यविधिहरू र जीवन यापनको परामर्शको सपोर्ट र कम्पनी र विद्यार्थीहरू दुवैलाई राहत हुने वातावरण तयार गर्ने उद्देश्य लिएकाछौं।

छात्रावास

छात्रावास राम्रो स्थानमा भई, हिडेर वा साइकलमा स्कूल जान सक्नुहुन्छ। यो वरपरको औसत भाडा भन्दा सस्तो छ। छात्रावासमा जान चाहने आवेदकहरूले जापानमा आएपछि तुरुन्तै छात्रावास प्रवेश गर्न सक्छन्। छात्रावासको श्रेणी अनुसार रकम फरक पर्दछ।

छात्रावास प्रकार (एकल कोठा, सामूहिक कोठा, आकार चयन गर्न सकिनेछ), छात्रावासको लागि आवश्यक उपकरणहरू एयर कंडीशनर, वाशिंग मशीन, फ्रिज आदि व्यवस्था गर्न सकिन्छ। नामांकनको समयमा आवेदन गर्नुहोस्। चाहाना अनुसारको कोठा नामित गर्नु भएको छ भने अनुरोध बमोजीम नहुनपनि सक्छ, तर सबै विद्यार्थीहरू प्रवेश गर्न सक्ने कोठाको संख्या सुरक्षित गरेका छौं।

छात्रावास शुल्क

प्रवेशको बेला छात्रावास शुल्क:120,000 येन (कर समावेश)
【内訳】保証金50,000円/寮費(3か月分)60,000円/布団代10,000円(購入希望者のみ、実費清算)
学生寮 1 人 15,000 円~28,000 円/月(4 名~2 名/1部屋)
※部屋のランク、入居者人数によって金額は異なります。
※室内、備品等に破損がなく、清掃した場合、鍵交換費(5,000円)を引き、退寮時に保証金を返却します。

दैनिक जीवन सपोर्ट

जापानमा आउनु अगाडीको सपोर्ट
प्रवासी कार्यालयहरू र गठबन्धन साझेदारहरूले जापानमा आउनुअघि अभिमुखिकरण गर्नेछन् र जापानमा आउनु अघि तपाईं आफ्नो देशको भाषाले ई-मेल अथवा च्याटबाट परामर्श लिन सक्नुहुनेछ।

चाहानाहुनेलाई Chubu International Airport लिन गइनेछ।
जापान प्रवेश गर्नु भएपछि जरुरी पर्ने विभिन्न दर्ता प्रक्रियाहरू र भिसा नवीकरण प्रक्रियाहरूको सपोर्ट गर्दछौं। (निवासी रजिस्ट्रेशन, हेल्थ ईन्जिनियरिङ्मा सामेल, भिसा नविकरण) विद्यालयमा शिक्षा जारी राख्न चाहनेहरूको लागि आप्रवास ब्यूरोमा विद्यार्थी भिसा विस्तारको लागि आवेदन गर्दछौं। निवासी रजिस्ट्रेशन, नेशनल हेल्थ ईन्जिनियरिङ्मा सामेल, बैंक खाता खोल्नु, आदि आवश्यक अनुसार विद्यालयका कर्मचारीहरु संगै गई प्रक्रियाको सपोर्ट गर्नेछ।