०७ गते आसही कल्चर एकेडेमी बाट हामी सबै जापानको स्तूपा(神社) गएका थियौं। भर्खरै जाडो बिदासकाएर स्कुल गएका हामीहरु कोहि निन्द्राको तालमा त कोही रमाइलो गर्ने मूड्मा थियौं।एकछिन सबैको जडो बिदाकस्तो भयो भन्ने विषयमा कुरा गरियो ।गरिसकेपछि जापानको स्तूपा(神社) जाने बेला के के गर्नु पर्छ भन्ने कुराकक्षा शिक्षक ले बुझाउनु भयो ।त्यसपछि हामीहरु कक्षाको सबै साथीहरू तथा शिक्षक मिली हिँड्दै स्तूपा तिरलाग्यौं।बाटोमा हिँड्दै गर्दा पनि शिक्षकहरू बाट जापानको परम्पराको बारेमा धेरै कुराहरू थाहा पाइयो । हामीहरुलगभग बिहनको ९.३० बजे तिर स्तूपा पुग्यौं। सबैले शिक्षकले सिकए अनुसार हात धोयौं त्यत्ति गरेपछि हामीआआफ्नो यो वर्षको भाग्य (おみくじ)हेर्ने भन्दै त्यतातिर लग्यौं ।
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
फर्कने क्रममा शिक्षक तथा साथीहरू सँग धेरै रमाइला कुराकानीहरु गरियो स्कुल आइपुगेपछी यहाँको परम्परा अनुसारआफूलाई लेख्न मन लागेको खान्जी वा अक्षर लेखी (書き初め)सबैले लेखेको कूराको फोटो खिच्यौं त्यसपछिहामिहारू आआफ्नो घर तिर लाग्यौं। एकदमै अविष्मरणिय दिन मध्ये यो पनि एक थियो ।

![]() |
![]() |
![]() |
![]() |
(Write:S.D.)










